लमजुङमा पृथ्वीसुब्बा विजयी
लमजुङ | मंसिर ८, २०७९
तस्बिर फाइल
लमजुङः लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुबा गुरुङ विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले पछि पार्दै एमालेका पृथ्वीसुब्बा विजयी हुनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पृथ्वीसुब्बाले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ । पराजित गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ ।
कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराउँदै विजयी हुनुभएको थियो । विसंं २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट गुरुङ आठ हजार चार सय एक मतान्तरले विजयी हुनुभएको थियो । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गर्नुभएको थियो । नेता गुरुङ विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी हुँदै आउनुभएको छ ।
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभ...

